कांग्रेसमा थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो

नेपाली कांग्रेसले वडा अधिवेशन सुरू नभएका २१ जिल्लामध्ये ८ जिल्लामा विवाद समाधान गरेको छ ।

क्रियाशील सदस्यता विवाद देखिएका काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीको विवाद टुंग्याएको हो ।

क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर क्रियाशील सदस्यको अन्तिम सूची निर्वाचन समितिमा पुगेको छ । बाँकी १३ जिल्लाको पनि क्रियाशील सदस्यता विवाद छिट्टै टुंग्याउने क्रियाशील टुङ्ग्याउन गठित कार्यदलले जनाएको छ ।

कांग्रेसको हालसम्म ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । क्रियाशील सदस्यता विवाद देखिएका बाँकी २१ जिल्लाको वडा अधिवेशन असोज ६ गतेलाई तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार