संविधान संशोधनका लागि जरुरी परे सडकमा जानुपर्ने अवस्था आउन सक्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली र शासकिय स्वरुप लगायतका विषयमा रहेको फरक मतलाई अव अघि बढाउनुपर्ने बताएका छन् ।
बुधबार पोस्टबहादुर बोगटीको ७ औँ स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफुहरुको राखेको फरक मतका लागि संविधान संशोधन गर्दै राष्ट्र र जनता लागि अघि बढ्नुपर्ने बताएका हुन् ।
नेपालको राष्ट्रिय स्वाधीनताबाहेक संविधानमा रहेका अन्य विषयलाई संशोधन गर्ने व्यवस्था रहेकाले आवश्यक संशोधन गर्न सकिने बताए । उनले विकृत बुर्जुवावादी व्यवस्थालाई परिवर्तन गर्न जरुरी परे सडकमा जानुपर्ने अवस्था आउन सक्ने तर्क गरेका छन् ।
त्यस्तै प्रचण्डले पार्टीमा व्यक्तिगत स्वार्थको निम्ति बढी लगाव देखिने र पार्टीगतभन्दा गुट बनाउनेतिर बढी जाँगर चल्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले पार्टी पुनः निर्माणको महान् अभियानतिर जान खोजेको र अव जनतामा गएर माफी माग्दै नयाँ ढङ्गले पार्टीलाई अघि बढाउनुपर्ने बेला आएको जिकिर गरेका छन् ।
प्रचण्डले पोस्टबहादुर बोगटीले पार्टीलाई समस्या पर्दा सदैव सहज रूपमा समाधान खोज्ने व्यक्ति भएको स्मरण गरे । त्यस्तै कार्यक्रमका सहभागीहरूले माओवादी आन्दोलनमा स्वर्गीय बोगटीले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार