हाइटीका राष्ट्रपतिको हत्या प्रकरणमा प्रधानमन्त्री हेन्री तानिए

क्यारेबियन मुलुक हाइटीका राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा वर्तमान प्रधानमन्त्री एरियल हेन्री पनि तानिएका छन् ।

हत्या प्रकरणमा छानविन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेन्रीमाथि पनि अभियोग दर्ता गराउन चाहेका छन् । उनले गत मंगलवार प्रधनमन्त्रीसँग बयान समेत लिइसकेका छन् । मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेन्रीलाई देश छोड्न प्रतिबन्ध लगाएका छन् ।

राष्ट्रपति मोइसको हत्यामा शंकास्पद एक जनाले घटनाको केही घण्टापछि वर्तमान प्रधानमन्त्री हेन्रीलाई टेलिफोन गरेको प्रमाण भेटिएपछि उनी शंकाको घेरामा परेका हुन् । हाइटीका राष्ट्रपति जोभिनल मोइसको गत जुलाई ७ तारिखमा राजधानी पोर्ट औ प्रिन्सस्थित निजी निवासमा सशष्त्र समूहले हत्या गरेको थियो ।

हत्यामा संलग्न पेशेवर अपराधीहरु पक्राउ परेपनि मुख्य योजनकार फेला परेका छैनन् । हत्यामा अमेरिका, कोलम्बिया र क्यानाडका पूर्व सैनिकहरुको संलग्नता देखिएको छ ।

हाइटीका न्याय मन्त्रालयका एक जना पुर्व कर्मचारी जोसेफ फेलिक्स बादियो पनि शंकको घेरामा तानिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार