बजारमा हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है ! बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन् । औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो । तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन ।

‘कानुनी प्रक्रिया पुर्याएरै दर्ता गर्छन् । तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा गर्दैनन्’, विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, ‘बजार निरीक्षण गर्न गयौं । शंका लाग्यो । प्रयोगशालामा नमुना परीक्षण गर्दा मापदण्डअनुसार पाइएन ।’

विभागमा मंगलबार व्यवसायीहरू फाइल बोकेर यताउता गरिरहेका थिए । वरिष्ठ औषधि व्यवस्थापक केसीको टेबलको आधा भागमा फाइलको चाङ थियो । केसी तिनै फाइलमा हस्ताक्षर गरिरहेका थिए ।

कतिपयले विभागमा दर्ता नै नगरी यस्ता स्वास्थ्य सामग्री अवैध ढंगले उत्पादन गरिरहेका छन् । अन्नपूर्ण खोज ब्युरोको सम्पर्कमा आएका केही व्यवसायीसँग दर्ता नम्बर माग्दा उनीहरूले आनाकानी गरे । कति होलान् यस्ता कम्पनी ? यो समाचार आजको अन्नपूर्ण पोष्ट देनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार