डीजोका ४ वटा प्रमुख उत्पादनहरु नेपाली बजारमा, के के छन् ?

रियलमी टेक लाइफ इकोसिस्टम डीजोको पहिलो ब्रान्ड नेपालमा उपलब्ध भएको छ । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एकमात्र वितरक घोषणा गर्दै​​ ४ वटा प्रमुख उत्पादनहरु नेपाली बजारमा ल्याएको हो ।

डीजोको स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरु छन् । डीजो रियलमी सपोर्टका साथ ३ वटा प्रमुख एस्पेक्टमा आउने कम्पनीले जनाएको छ । जुन औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्ससँग जोडिएको छ ।

कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ । जसको डिजाइनमा प्रिमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अर्को मोडल स्टार ५०० प्रिमियम डिजाइन २.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुई वटा सिमलाई सपोर्ट गर्दछ । एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

डीजो स्टार ३०० को मूल्य २ हजार ७८, डीजो स्टार ५०० को मूल्य २ हजार ८७८, गो पड्सको मूल्य ६ हजार ६९, गो पड्स डीको मूल्य २ हजार ८९९ र स्मार्ट घडीको मूल्य ६ हजार ४६४ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार