अब युरोपमा बस्ने नेपालीहरुले टेर्रा पे मार्फत नेपालमा पैसा पठाउन सक्ने

युरोपको ख्यातिप्राप्त टेर्रा पेमेन्ट सर्भिस र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिट्यान्स कारोबार सुरु भएको छ । योसँगै युरोपमा रहने नेपालीहरुले टेर्र्रा पेको सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने साथै नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेर्रा पेका तर्फबाट सह संस्थापक एनि सानीले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार