देउवाले गरे एकैपटक ८५ सहसचिवको सरुवा (नामावलीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेका छन् ।

देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् ।

विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई पठाउने प्रचलन भए पनि चार जना वरिष्ठ सहसचिव भने प्रदेशमा पठाइएनन् । बलराम रिजाल, आभा श्रेष्ठ, नारायण सापकोटा र गोविन्द रिजालले भने प्रदेशमा जानुपरेन ।

देउवा नेतृत्वको सरकार बनेपछि जगेडामा राखिएका झक्कप्रसाद आचार्य र यमलाल भुसाल दुबै जना प्रदेश मन्त्रालयमा सरुवा भएका छन् ।

हेर्नुहोस् को कहाँ सरुवा भए ?

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार