डेडिकेटेड र ट्रंक लाइन सुविधाको बक्यौता एक महिनाभित्र असुल गर्न लेखा समितिको निर्देशन

Sunrise Bank Middle Size

संसदको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड र ट्रंक लाइन सुविधावापतको बक्यौता एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

१० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको उपसमितिको प्रतिवेदन पास गर्दै समितिको बैठकले एक महिनाभित्र कानुनअनुसार असुल गर्न निर्देशन दिएको हो । समितिको आइतबारको बैठकले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएर महसुल नतिर्नेबाट उद्योगीबाट एक महिनाभित्र रकम असुलउपर गर्न निर्देशन दिएको समिति सभापति भरतकुमार शाहले जानकारी दिए ।

समिति सदस्य मिनेन्द्र रिजालको संयोजकत्वमा नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनको सुझावअनुसार समितिले उक्त निर्णय लिएको हो । समितिको बैठकमा सांसद सूर्य पाठकले उपसमितिको प्रतिवेदन पास गर्नुपर्ने र बक्यौता उठाउन निर्देशन दिनुपर्ने बताएका थिए ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...