२४ घण्टाभित्र प्रकाण्डलाई हाजिर गराउन सर्वोच्चको आदेश

 

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका प्रवक्ता प्रकाण्डलाई २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको छ । उनका भाइ वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले प्रकाण्डलाई बाटोको म्यादबाहेक २४ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो ।सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिट किन जारी हुनु नपर्ने हो त्यसको प्रमाणसहित बन्दीलाई सशरीर अदालत उपस्थित गराउन आदेश दिएको छ ।प्रकाण्डलाई हाल काभ्रेको एक क्रसर उद्योगमा विस्फोटन गराएको आरोपमा अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले हिरासतमा राखेको छ । यसअघि चन्दा संङ्कलनको आरोपमा पक्राउ परेका उनलाई गत शुक्रबार सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिट जारी गर्दै रिहा गर्न आदेश दिएको थियो ।

Related posts

Leave a Comment