सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम’, यस्तो छ ब्याजदर

सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ संचालन गरेको छ ।

मात्र १ हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५०% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम’ खोल्न सक्ने बैंकले जनाएको छ ।

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निःशुल्क उपलब्ध गरिएको बैंकले जनाएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार