हुन्डाईले ल्यायो ‘फेस्टिभ डिलाइट २०७८’

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुलाई बम्पर उपहारका साथै खरिदमा नगद छुटको व्यवस्था गरिएको छ ।

बम्पर उपहारअन्तर्गत एक ग्राहकले लक्की ड्रमार्फत हुन्डाई i20 गाडी पाउने छन् । गाडी खरिदमा तीन लाख रुपैयाँ सम्मको आकर्षक नगद छुटको व्यवस्था छ । स्क्रयाच कार्डमार्फत एक लाखसम्म थप नगद छुट पाउनेछन् ।

साथै एक वर्षसम्मको विमा र सडक कर (चालु आर्थिक वर्षको) निःशुल्क हुनेछ । हरेक हुण्डाई गाडीको खरिदमा छ वर्षसम्म निस्शुल्क सर्भिस र तीन वर्षको वारेन्टी सुविधा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार