भोल्भो आइसर गाडी बेच्ने बतास समूहको कम्पनीले पौने ४ अर्ब ऋण चलायो

भोल्भो आइसर कमर्सियल भेहिकलको आधिकारिक वितरक इस्टर्न एजेन्सिज प्रालिले ३ अर्ब ७८ करोड ८० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । पोखरामा स्थापित ब्यवसायिक समूह बतासको प्रमुख कम्पनीले गाडी आयातका लागि यति ठूलो ऋण लिएको हो ।

कमर्सियल भेहिकलमा कम्पनीले गत बर्ष मात्रै १९ प्रतिशतले ब्यापार बढाएको छ । कोभिडका कारण अघिल्लो बर्ष भने बिक्री २९ प्रतिशतले घटेको थियो ।

कम्पनी क्याटरपिलर कन्स्ट्रक्सन इक्विपमेन्टको पनि आधिकारिक विक्रेता हो । यसबाहेक मारुती सुजुकी प्यासेन्जर कारको क्षेत्रीय वितरक हो। साथै महिन्द्रा एण्ड महिन्द्रका साथै टीभीएस टु ह्विलर्सको पनि क्षेत्रीय वितरक हो ।

कम्पनीमा ६ जना सेयरधनी छन्। यसमध्ये चार जना वतास परिवारका छन् ।  उनीहरुको ८६ प्रतिशत सेयर छ। यसमध्ये पनि शान्तराज बतास र विपेन्द्रराज बतासको ३० प्रतिशतका दरले लगानी छ ।

कम्पनीका अनुसार, २०२१ मा अनुमानित कारोबार ३ अर्ब ५६ करोड रुपैयाँ छ । पोहोर (लेखा परीक्षण गरिएको) २ अर्ब ९९ करोड ७० लाख रुपैयाँको बिक्री थियो। त्यस अघिको बर्ष ४ अर्ब २१ करोड ३० लाख रुपैयाँको बिक्री थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार