बाँकेको नरैनापुर ४ मा आगलागी, करिब सय घर जलेर खरानी

बाँकेको नरैनापुरमा आगलागी हुँदा करिब सय घर जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदावा गाउँमा शनिबार दिउँसो आगलागि हुँदा करिब सय घर जलेर खरानी भएका छन् भने आगलागीबाट ठूलो क्षति भएको छ ।

शनिबार दिउँसो करिब सवा ३ बजे लागेको आगोले नरैनापुर गाउपालिकाको वडा नं. ४ खोदावा गाउँका सय घर जलेर नष्ट हुनुका साथै दुई करोड बढीको जिन्सी तथा खाद्य सामाग्रीको क्षति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताए ।

उनले हावाहुरीको मौसम भएको कारण स्थानीय एकजनाको घरमा नास्ता पकाउने क्रममा सल्किएको आगोले गाउँलाई खरानी बनाएको बताए। आगलागीबाट कुनै पनि मानवीय क्षति नभए पनि अन्य धेरै क्षति भएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले बताए ।

नेपालगञ्जबाट आएका तीन वटा र एउटा नरैनापुरको गरेर चार वटा दमकल, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगले आगो नियन्त्रण भएको प्रवक्ता खड्काले जानकारी दिएका छन् । सअघि फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार