मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतेमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । बालुवाटार भएको छलफल नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको बताइएको छ । भेटवार्तामा (एमसीसी) उपाध्यक्ष फतेमाले एमसिसीका विषयमा सरकारको धारणा बुझ्न खोजेकी थिइन ।
प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा सहमति खोज्ने प्रयास जारी रहेको बताएको उनको निजी सचिवालयले जनाएको छ । उपाध्यक्ष फतेमाले शुक्रबार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी छिन् । सो क्रममा उनले एमसीसीलाई पारित गर्न आग्रह गरेकी थिइन ।