उपेन्द्र यादव भन्छन्- मन्त्रालयको भागबण्डा मिलाउन बाँकी छ

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले छिटै मन्त्रिपरिषद् विस्तार हुने बताए ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले गठबन्धनदलबीच मन्त्रिपरिषद् विस्तारका बिषयमा छलफल भइरहेको भन्दै छिटै विस्तार हुने बताएका हुन् ।

यादवले गठबन्धनबीच मन्त्रालयको भागबण्डा नै मिलाउन बाँकी रहेको जानकारी दिए । त्यस्तै उनले एमसीसीलाई राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित अनुकुल अघि बढाउनुपर्ने जिकिर गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार