सरकारले कोभिड–१९ को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रका गरिब र विपन्न करिब ५ लाख परिवालाई राहत स्वरूप एकपटकका लागि १० हजार दिने घोषणा गरेको छ ।
बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् । निश्चित मापदण्डका आधारमा सरकाले उक्त सहयोग नगद अनुदानको रूपमा दिने उनले बताए ।
उक्त अनुदान स्थानीय तहको समन्वयनमा २०७८ असोज मसान्तभित्रै प्रदान हुने उनले बताए । अर्थमन्त्री शर्माले भनेका छन्, ‘कोभिड-१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’