एमाले सांसदको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजी आज बसेको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आजको बैठकमा सरकारले आर्थिक अध्यादेश २०७८ पेस गर्ने कार्यसूची छ ।

एमालेका सांसदहरूले प्रतिनिधि सभा बैठक सुरू हुनासाथ अवरोध गरेका थिए । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

नाराबाजी गरिरहेका एमाले सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले पटक-पटक बैठक सहज रूपमा चल्न दिन अनुरोध गरेका थिए ।

२३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ । यसअघि उनीहरूले बुधबारको बैठकमा पनि अवरोध गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार