प्रतिनिधि सभा बैठकमा आज पनि एमालेको अवरोध

प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ । आजको बैठकमा सरकारले आर्थिक अध्यादेश २०७८ पेस गर्ने कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले प्रतिनिधि सभा बैठकमा आज पनि अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।

उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।

२३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ । यसअघि उनीहरूले बुधबारको बैठकमा पनि अवरोध गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार