फतिमासँग प्रचण्डले भने- राष्ट्रिय सहमतिपछि मात्र एमसीसी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिपछि मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् । नेपाल भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा शुक्रबार अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले सत्तारुढ गठबन्धभित्र पनि सहमति हुनुपर्ने बताएका छन् । सुमारले एमसीसबारे नेपालले अब निर्णय लिनुपर्ने भन्दै प्रचण्डलाई यसबारेमा दृष्टिकोण बनाउन सुझाव दिएकी छन् । उनले अध्यक्ष दाहालसँग एमसीसी अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेकी थिइन् ।

उपाध्यक्ष सुमारले शुक्रबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछिन् । यसअघि उनले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपामा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराईसँग भेटेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार