बालुवाटारमा सत्ता गठबन्धन र मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषद विस्तार र एमसीसी लगायतका विषयमा छलफल गर्न ससत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी बालुवाटारमा बस्न लागेको हो ।

बिहीबार पनि गठबन्धनका शीर्ष नेताबीच उक्त छलफल भएको थियो । सरकार बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।

यता संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नै विभाजित भएको अवस्था छ । काँग्रेस र जसपा एमसीसी पास गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षी देखिएका छन् ।

साथै सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट रहेको नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको थियो । आजको बैठकमा यी विषयको निकासका सन्दर्भमा छलफल हुने एक नेताले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार