कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिट खारेज

नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको हो ।

प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए। कोरोना संक्रमणका कारण महाधिवेशन गर्न नहुने र कानुनी रूपमा कांग्रेसको वैद्यता २०७९ साल जेठ ३० गतेसम्म कायम रहने तर्कसहित वैद्य सर्वोच्च अदालत पुगेका थिए ।

एमाले र माओवादीको महाधिवेशन नभएको पनि धेरै समय भएकाले कांग्रेस मात्रै अवैध हुन्छ भन्न नमिल्ने तर्क उनले रिट निवेदनमा गरेका थिए । कांग्रेसको वर्तमान कार्यसमिति २०७३ मंसिर ३० गतेदेखि गणना हुने वैद्यको जिकिर थियो। ५ वर्ष नाघेको कुरा व्यवहारिक भएको उनको भनाइ थियो। नेपालको संविधान र ऐन, कानुन मुताविक अवैध हुने अवस्था नरहेको उनको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार