एमसीसीबारे सरकारले सोधेका प्रश्नको जवाफ आयो (हेर्नुहोस जवाफको पूर्ण पाठ )
बौद्धिक सम्पत्तिमा नेपालको स्वामित्व, लेखा परीक्षण नेपालले नै गरिरहेको छ
नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी बारे विभिन्न टिकाटिप्पाणी हुन थालेपछि नेपाल सरकारले अस्पष्ट देखिएका केहि बुँदाबारे सोधिएको प्रश्नको जवाफ नेपाल सरकारलाई प्राप्त भएको छ । अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो।
गतहप्ता एमसिसीबारे उठेका विभिन्न सवालहरूमा प्रष्टीकरण माग्दै विभिन्न ११ प्रश्न र यसका सहायक प्रश्नसहित एमसिसीलाई पत्र पठाएको थियो। एमसिसीले सरकारले सोधेका एक-एक प्रश्नको जवाफ अंग्रेजी र नेपाली दुबै भाषामा पठाएको छ।
सरकारलाई पठाएको जवाफमा एमसिसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, बिनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको, एमसिसी सम्झौताभन्दा नेपालको संविधान माथि रहेको र परियोजनाका लागि प्रयोग हुने जग्गामा नेपाल सरकारको स्वामित्व कायम हुने , यो सहयोग हिन्द(प्रशान्त रणनीतिअन्तर्गत नभएको उल्लेख गरेको छ ।
हेर्नुहोस जवाफको पूर्ण पाठ