संसदमा एमालेको नाराबाजीबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश गरेको छ । बुधवार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा एमाले सांसदको अवरोधका बाबजुद सभामुख अग्नि सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेस गर्न समय दिएका थिए ।
गृहमन्त्री खाँणले समय पाएपछि मर्यादापालकको सुरक्षामा रोष्टममा पुगेर अध्यादेश पेस गरेका हुन् । लगत्तै गृहमन्त्री खाँणले उक्त अध्यादेश बैठकमा टेबल गरेका थिए । सभामुखले कार्यसूची अघि बढाउदा एमाले सांसदहरू नाराबाजी गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । अध्यादेश टेबल भएपछि सभामुख सापकोटाले अर्को बैठक भाद्र २५ गते बस्ने गरि स्थगित गरेका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार