एमाले सांसदको नाराबाजीका कारण दोस्रोपटक पनि संसद बैठक स्थगित भएको छ । पहिलोपटक १५ मिनेटका लागि बसेको संसद बैठक एमाले सांसदहरुले निरन्तर नाराबाजी गरेपछि दोस्रोपटक पनि स्थगित भएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकको चालू अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ । पार्टीले कारबाही गरेका १४ सांसदमाथिको कारबाही सभामुखले रोकेको भन्दै एमाले सांसदहरूले रोषटम घेराउ गर्दै बैठक अवरुद्ध गरेको हो ।
बुधवार प्रतिनिधि सभा बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएलगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए । लगतै सभामुख अग्नि सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइलाई समय दिए । भट्टराईले एमाले सांसदमाथि गरिएको कारबाही नगरेर पार्टी विभाजनका लागि सभामुख मतियार बनेको आरोप लगाएका छन् । यस विषयमा सभामुखले जवाफ दिनुपर्ने उनले माग गरे ।
लगत्तै सभामुखले नियमावली र संविधानमा रहेका व्यवस्था अनुसार नै गरेको बताएका थिए । सभामुख सापकोटाले आसन ग्रहण गर्न पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरूले विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
फेसबुकबाट प्रतिक्रिया