बागमतीमा मन्त्रीमण्डल विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् । अल्पमतमा रहेकी मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । शाक्यले रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई आन्तरिक मामिला तथा कानुन, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएकी छन्।

यस्तै, प्रदीपकुमार कटुवाल क्षेत्रीले स्वास्थ्य, अजयक्रान्ति शाक्य  सामाजिक विकास मन्त्रालय र चन्द्र लामा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बनेका छन्।

राज्यमन्त्री पाउनेहरूमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली छन् । उनीहरूले क्रमशः भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।हालै नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्नेछ । प्रदेशसभामा एमालेका ५६ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेपछि प्रदेश सरकार अल्पमतमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार