नेपाल कम्युनिष्ट पार्टी (एस) संसदीय दलको पहिलो बैठक आज

संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको बैठक २ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बस्ने भएको छ । बुधबारदेखि सुरु हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको हो ।

एमालेबाट अलग भएर पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक एकिकृत समाजवादी संसदीय दलको बैठक बस्न लागेको दलका नेता गंगालाल तुलाधरले बताए ।
यसअघि उक्त पार्टीले दलको नेतामा माधवकुमार नेपाललाई जिम्मेवारी दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार