गाँजा खुला गर्नुपर्छ भन्दै अभियान चलाउने राजीव काफ्ले पक्राउ

गाँजालाई खुला गर्नुपर्छ भन्दै अभियान चलाउने राजीव काफ्ललाई प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठको हिपीहिल रेष्टुरेन्टका सञ्चालक समेत रहेका काफ्लेलाई लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले पक्राउ गरेको हो ।

उनी नवजिवन प्लस संस्थाका सन्चालक पनि हुन्। काफ्लेको साथबाट केही मात्रामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। गृह मन्त्रालयले काफ्लेलाई पक्राउ गरि कारबाही गर्न पत्रचार गरेपछि एनसिबीको टोली बुढानिलकण्ठस्थित उनको कार्यालयमा पुगेको बताइएको छ। काफ्ले एचआआईभी एड्स संक्रमित हुन्। उनीसहित रेष्टुरेन्टका दुई कर्मचारी पनि पक्राउ परेका छन् ।

युवाहरुलाई गाँजा उपलब्ध गराउने र गाँजा सेवनमा उक्साउने उजुरी आएपछि यसअघि पनि  एनसिबीले काफ्लेलाई त्यस्ता गतिविधी बन्द गर्न चेतावनी दिएको बुझिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार