प्रधानमन्त्रीद्वारा १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास

५७ अर्ब १० करोड लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट आज सबै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटाका दरले सडक शिलान्यास गरेका हुन् । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो । हाल संघीय सरकार मातहत ८० वटा राष्ट्रिय राजमार्ग छन्। तिनको निर्माण, सञ्चालन, मर्मत सम्भार र व्वस्थापन गर्ने काम संघीय सरकारले गरिरहेको छ ।

शुभारम्भ कार्यक्रममा दुवै सदनका सांसदहरुको समेत सहभागिता छ । सो कार्यक्रममा एमाले केन्द्रीय सदस्य निरु पाल, युवा संघका अध्यक्ष बचनबहादुर सिंह, वरिष्ठ उपाध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितिज थेबे, महासचिव रमेश आचार्य, फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेललगायतले सम्बोधन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार