कोरोना अपडेट: थप २१ जनाको मृत्यु, ५१४ जना सघन उपचार कक्षमा उपचाररत

नेपालमा मंगलबार थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार १११ पिसिआर परिक्षणका क्रममा १ हजार ४२३ र ३ हजार ९२३ एन्टीजेन परिक्षणका क्रममा २५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५७ हजार ८९५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थाप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ८ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार ७२ संक्रमित कोरोनामुक्त हुदा हालसम्म ७ लाख ३१ हजार संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५१४ जना सघन उपचार कक्षमा र १५४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार