वीपी प्रतिष्ठानका स्वास्थयकर्मीले टिकट नै नकाटी सडकमै बिरामीको उपचार गर्न थाले

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सडकमै बिरामीको उपचार सुरु गरेका छन् । तीनदिन अघिदेखि काम बहिष्कार गरेका चिकित्सकहरुले आजबाट सडकमै बिरामीको उपचार सुरु गरेका हुन् ।

दैनिक २ हजार ५ सय बिरामीको उपचार हुने प्रतिष्ठानमा चिकित्सकहरुले काम बहिष्कार गरेपछि ओपीडी सेवा ठप्प भएको छ । बीपी प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले टिकट नै नकाटी बिरामीको परीक्षण गरेका छन् ।

प्रतिष्ठान बाहिर पट्टिको सडकमा टेबल राखेर प्रतिष्ठानमा उपचार गर्न आएका बिरामीहरुको चिकित्सकहरुले परीक्षण गरेका हुन् । कोरोना माहामारीमा बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै सडकमै उपचार गरिएको प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डाक्टर विष्णु पोखरेलले बताए ।

प्रतिष्ठानमा आएका सर्जरी, हाडजोर्नी, प्रसुति, मानसिक, छाला र नाक, कान घाँटी रोगलगायतका बिरामीलाई सडकमै परीक्षण गरिएको प्रतिष्ठानको जुनियर रेसिडेन्ट वलफेयर सोसाइटीका अध्यक्ष डाक्टर पदम नेपालीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार