काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिए

गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा गरेको छ । प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो ।

उनको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ ।

पराजुली पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्थे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार