वडा सभापति पालले गरे कांग्रेसको किरिया

डडेल्धुराको अमरगढी नगरपालिका–९ का कांग्रेस वडा सभापति नरबहादुर पालले कपाल मुण्डन गरी किरिया बसेका छन् । पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कांग्रेसको किरिया गरेका हुन् ।‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’ सोमबार उनले आफ्नो कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्।

विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।  आइतबार सार्वजनिक भएको कांग्रेसको क्रियाशील सदस्यता सूचीबारे डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ। सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको कांग्रेस डडेल्धुराले जनाएको छ। नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन अनिश्चित भएको छ ।  चार तहबाट प्रमाणित भएकाहरूको नाम हटाइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार