एमालेले बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले बुधबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार