आज मिति २०७८ साल भाद्र २२ गते, यस्तो छ आजको राशिफल

वि.सं.२०७८ साल भदौ २२ गते । मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–औशी, बिहान ०६ बजेर २५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाफाल्गुनी, बेलुकी ०६ बजेर ३६ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग– सिद्ध, बिहान ०६ बजेर ५६ मिनेट उप्रान्त साध्य । करण– नाग, बिहान ०६ बजेर २५ मिनेट उप्रान्त किष्तुध्न, बेलुकी ०५ बजेर ५९ मिनेट उप्रान्त बव ।  आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १७ मिनेट । दिनमान ३१ घडी १७ पला । कुशेऔंशी । गोकर्णस्नानम् । बाबुको मुख हेर्ने । हलोबार्ने । मन्वादि । गुँलाधर्म समाप्ति  । मोतिजयन्ती । निजामती सेवा दिवस ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग पनि मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

अरुलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले कार्य सम्पन्न हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

शुभचिन्तकको सहयोगले चिताएको कामहरू सम्पादन हुनेछन् । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृढ हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । लामो दूरीको विदेश यात्राको तय हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लामो यात्रा सुखद् र सफल हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । बोलीको भरमा कार्य सहजै सम्पादन हुनेछ । अर्थपूर्ण सुखद् यात्रा पनि हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
परिवारका सदस्यहरू सकारात्मक हुनेछन् । माया प्रेममा सामिप्यमा बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

ऋण,रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटाहरू साघुरा हुनेछन् ।  यात्रा गर्दा सावधानी अपनाउनु होला आजको दिन मध्यम रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

 आफ्नो क्षमता प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार