बाढीले बनेपाको पुलबजार डुबानमा, अरनिको राजमार्ग अवरुद्ध (फोटो फिचर)

पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । आइतबार रातीदेखिको अविरल वर्षाका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ ।

पुलबजारका केही घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बनेपा पुल बजार, गोदामचोक, श्रीखण्डपुर, इलाका प्रहरी कार्यालय बनेपा वरपर समेत डुबान परेकाले जनजीवन प्रभावित भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार