जनप्रतिनिधिहरुलाई एमालेले भन्यो- नयाँ दलमा नजानूहोस्

नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गरी सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन् ।

‘विभाजनको लागि जानीजानी अलोकतान्त्रिक अध्यादेश ल्याएर नेकपा (एमाले) मा ठूलो विभाजन होस् भन्ने कामनासाथ गरिएको हर्कत पूरा नभएपछि २१ दिनको समयावधीभित्र एमालेका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई हामीबाट चोइटिएर बनेको पार्टीमा लाग्नको लागि केही अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता कृयाकलापहरु गरिरहेको विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

एमालेले आफ्नो आन्तरिक मामिलामा आँखा नलाउन अन्य राजनीतिक दलहरुलाई चेतावनी समेत दिएको छ ।

यही भदौ ९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार