माछापुच्छ्रे बैंकको कन्ट्याक्ट लेस कार्ड

माछापुच्छ्रे बैंक लि. ले भिषा कार्ड मार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्धेश्यले कन्ट्याक्ट लेस कार्ड सेवाको सुरुवात गरेको छ । आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याक लेस कार्ड सेवा संचालनमा ल्याएको हो । कन्ट्याक लेस कार्ड सेवाअन्तर्गत कन्ट्याक लेस कार्डको प्रयोग गरी पोइन्ट अफ सेल्समा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नुपर्दैन । उक्त ’ट्याप एण्ड पे’ सुविधायुक्त पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।

कन्ट्याकलेस कार्डअन्र्तगत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी रु. २००० सम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २००० भन्दा बढिको काराबोर गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ । बैंकले उक्त सेवा आफ्ना अधिकांश पीओएस् मसिनलाई ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नती गरिसकेको छ । उक्त सुविधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार