काँग्रेसले लियो सरकारको नेतृत्व गर्न अग्रसरता, ओलीको राजीनामा माग्ने निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यलय सानेपामा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको हो ।
पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक रोकेर काग्रेस पदाधिकारी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला बीच छलफल भएको थियो । यसमा पदाधिकारीका अन्य नेताहरु पनि सहभागि थिए ।
्छलफलमा प्रधानमन्त्रीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले बताए ।

प्रतिनिधिसभा पुनर्रस्थापनापछि तत्काल कांग्रेसले सरकारको नेतृत्वमा दाबी गर्ने अनुमान गरिएपनि पार्टीभित्रको विवादले निर्णयमा पुग्न सकेको थिएन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन काँग्रेसलाई आग्रह गरेपनि आफ्नै नेतृत्वमा सरकार बन्ने सुनिश्चितता नभएसम्म काँग्रेसले ओलीको राजीनामा माग्ने मनस्थिती बनाएको थिएन । यसका लागि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र जनता समाजवादी पार्टी गणितीय आधारमा एकढिक्का भएको अवस्थामा प्रधानमन्त्रीको राजीनामा माग्ने आफ्नै नेतृत्वमा सरकार बनाउने रणनीति काँग्रेसको थियो ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता अहिलेसम्म नलिएपनि लिने तयारी गरेकाले काँग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने आधार तयार पार्न यस्तो निर्णय गरको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार