कुलमानको नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश जबराको इजलासमा

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको सनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा हुने भएको छ । आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन् ।

घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ३२ साउनमा सर्वोच्च अदालत गएका थिए । आफूलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरिएको भए पनि हटाएको भन्दै उनले पुनर्बहालीको माग गरेका थिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार