दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ गम्भिर घाइते

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भिर घाइते भएका छन् । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ जना गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार