कास्कीमा नेकपा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरु एमालेमै रहने भएका छन् ।
कास्कीका कुनै पनि जनप्रतिनिधिहरुले एमाले फुटाएर बनाइएको नेकपा एकिकृत समाजवादीलाई साथ नदिने भएका हुन् ।
पोखरामा आयोजित निर्वाचित जनप्रतिनिधिहरूको भेलामा कास्कीबाट निर्वाचित भएका २८२ जना जनप्रतिनिधिले एमालेमै रहने घोषणा गरेका हुन् ।
भेलामा कास्कीका ४ गाउँपालिका, पोखरा महानगरपालिका, प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकमा जननिर्वाचित प्रतिनिधिहरू सहभागी भएका थिए ।