बेनी–जोमसोम सडकखण्डमा काम गर्ने मजदुरको मेसिनमा बेरिएर मृत्यु

भरत सापकोटा, टिभी अन्नपूर्ण, बागलुङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको मिक्चरमा बेरिएर मृत्यु भएको छ । म्याग्दीको मंगला गाउँपालिका–४ का २० वर्षीय लालबहादुर रोकाको मिक्चरमा बेरिएर मृत्यु भएको प्रहरीले बतायो ।

सडकखण्डको घरपझोङ गापा –३ स्याङमा सडक निर्माणका क्रममा मेसिनमा बेरिएका रोकाको शव मेसिन खोलेर बाहिर निकालिएको थियो । रोका कोशी एण्ड न्यौपाने कम्पनीले ठेक्का लिएको घरपझोङ गापा –२ र ३ को मार्फा र स्याङको सडकमा काम गर्दै आएका थिए । शव परिक्षणको लागि अस्पताल लगिएको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार