भुमिका र खेमको स्वरमा ‘फिक्का चिया’ (भिडियो)

गायक खेम सेन्चुरी र गायिका भुमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा नायक पल शाहसँगै रियासा दाहाल फिचरिङ छन् ।

भुमिका गिरी युटुब च्यानल मार्फत सार्वजनिक लोक जनाराको गितले दर्शक स्रोताको राम्रो साथ पाउने देखिन्छ ।

गीतमा शब्द राजवान क्षेत्री, संगीत खेम पुनको रहेको छ । एरेन्ज कृष्ण बिकले गरेका छन् । गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माको रहेको छ ।

काजिस श्रेष्ठले निर्देशन गरेको गीतलाई तिलक बहादुर श्रेष्ठले निर्माण गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार