आगामी निर्वाचनमा एमाले सरकारमा फर्कने प्रदीप ज्ञवालीको दाबी

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले एमाले टुक्राउनकै लागि अध्यादेश ल्याएको भन्दै एमालेलाई फुटाएको परिणाम आगामी निर्वाचनमा देखिने तर्क गरेका छन् । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा गरेको कार्यक्रममा उनले निर्वाचनमा जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने दाबी गरे ।

ज्ञवालीले आगामी भाद्र २२ गते अध्यादेश निष्क्रिय पारेर सरकार बिस्तार गर्ने योजना देखिएको भन्दै उनले गठबन्धनले लज्जास्पद काम गरेको बताएका छन् । उनले केही एमालेका नेताहरू गलत बाटोमा गएको भन्दै एमालेमा फर्कन आह्वान गरेका छन् । उनले एमाले सरकारमा आएपछि फेरि देशलाई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउने जिकिर गरे ।

यस्तै ज्ञवालीले वर्तमान सरकार विदेशी शक्तिको इशारामा चलेको आरोप लगाएका छन् । उनले वर्तमान सरकारले देश र जनताका लागि नभएर विदेशीको इशारामा काम गरेको आरोप लगाएका हुन् । उनले दार्चुलामा तुइन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका विषयमा सरकार मौन बसेको पनि आरोप लगाए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार