सर्वोच्च अदालतले बिहीबार जारी गरेको अन्तरिम आदेशबारे कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले गम्भिर छलफल गर्ने भएको छ ।
बारले आइतबारका लागि सल्लाहकार समितिको आकस्मिक बैठक डाक्ने निर्णय गरेको हो । महत्वपूर्ण निर्णय लिनुअघि बारले यस्तो बैठक बोलाउने गर्छ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले न्यायालयको विकृति विसंगतिबारे पछिल्लो प्रतिवेदन र समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको बताए ।