अफिस समयमा आफूलाई स्वस्थ राख्न चाहनुहुन्छ भने अपनाउनुहोस् यी टिप्स …

मो जीवन जीउन चाहनुहुन्छ र रोगबाट टाँढा रहन चाहनुहुन्छ भने स्वास्थ्यमा ध्यान दिनु निकै आवश्यक हुन्छ । व्यस्त जीवनशैलीका कारण आफ्नो स्वास्थ्यमा लापरवाही गर्ने प्रायःको बानी बनेको छ । जसको नतिजा स्वरुप मानिसमा अनेक प्रकारका रोग र संक्रमणले चपेटमा लिने गर्छ । कामकाजी व्यक्तिका लागि यसले झन् नराम्रो असर पार्छ । भागदौडको चक्करमा कामकाजी बानीले मानिसले राम्रो सँग खान पाउँदैन न त राम्रोेसँग व्यायाम गर्न पाउँछन् । यस अवस्थामा तपाईं कार्यालयमै कसरी आफ्नो स्वास्थ्यमा ध्यान दिन सक्नुहुन्छ भन्ने केहि टिप्स यहाँ छ:

हेल्दी डायट 

सबैभन्दा पहिले र आवश्यक कुरा हो हेल्दी खाना । यदि तपाईं आफ्नो घरबाट खाना लिएर र खाजा लिएर जान सक्नुुहुन्छ भने त्यो राम्रो हो । तर, यदि तपाईं त्यो सब लिएर जान सक्नुहुन्न भने अफिसमै पनि हेल्दी खाना र खाजा खान सक्नुहुनेछ । खाना र खाजा खाँदा तपाईंले सकेसम्म आफ्नो डायटमा दही, दाल, भात, २ वटा रोटी र हरियो तरकारी, मौसमी फलफूल, सलाद, जूस वा कुनैपनि हेल्दी र हलुको खानेकुरा समावेश गराउने । प्रायःजसो मानिसले कार्यालयमा खान अल्छी गर्दै तारेको, चटपटे खाना खाने गर्छन् जुन तपाईंको स्वास्थ्यको लागि राम्रो होइन । 

स्न्याक्सबाट टाँढा रहनुपर्छ

कार्यालय समयमा काम गर्दा कतिपयको बानी हुन्छ बसि बसि केहि न केहि स्न्याक्स खाने । व्यवस्तताको कारण खाना छोड्ने र कुर्सीमा बसेर चिप्स, कोल्ड ड्रिन्क जस्ता स्न्याक्स खानुले तपाईंलाई अस्वस्थ बनाउन सक्छ ।

कफी खानबाट जोगिनुपर्छ

अफिस समयमा कतिपय व्यक्तिको बानी हुन्छ कफी पिउने । एक कप कफी पिउनु सम्म ठिकै हुन्छ तर, पटक पटक धेरै कप कफी पिउनु तपाईंको स्वास्थ्यको लागि हानीकारक हुन सक्छ । किनकी कफीमा हुने कफिनले तपाईंलाई अनेक समस्याले सताउन सक्छ । यसले भोक मार्नुको साथै अन्य रोगलाई पनि निम्त्याउने काम गर्छ । त्यसकारण ध्यान दिनुपर्छ कि कुनैपनि चिज धेरै प्रयोग गर्नु खतरनाक हुन सक्छ ।

योग र एक्सर्साइज

हतार हतारमा कार्यालय जाने चक्करमा एक्सर्साइजÞ गर्ने समय हुँदैन वा योग अथवा जिम जान पाइँदैन । यस अवस्थामा तपाईं अफिसमै कुर्सीमै बसेर पनि केहि सामान्य एक्सर्साइजÞ गर्न सक्नुहुनेछ । बीचमा ५÷१० मिनटको समय निकालेर एक पटक योग वा ध्यान गर्ने बानी बसाल्नु पर्छ । यसले शरीर रिल्याक्स हुनुका साथै थकान र टेन्सन पनि कम हुन्छ ।

लगातार काम नगरौं 

निरन्तर बसेर काम गर्ने बानीलाई त्यागग्नु पर्छ । बीचबीचमा आराम गर्दै उठ्ने घुमफिर गर्ने बानी बसाल्नु पर्छ । विशेषज्ञ चिकित्सकका अनुसार एकै स्थानमा लगातार बसेर काम गरिरहनाले पिठ्यूको हड्डीमा नराम्रो असर पर्न जान्छ । साथै ढाँडको दुखाई पनि हुन सक्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार