राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन (भिडियो)

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक रुपमा उद्घाटन गरेकी छन् । भृकुटीमण्डमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले पानी वितरणको औपचारिक सुरुवात गरेकी हुन् ।

गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भएपनि राष्ट्रपतिबाट औपचारिक शुभारम्भ गरिएको हो । राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी निर्माण गरिएको ढुङ्गेधाराको स्वरुपमा रहेको धाराको टुटी खोलेर खानेपानी वितरणको औपचारिक सुरुआत गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार