कोरोना सङ्क्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना

कोरोना भाइरसबाट सङ्क्रमित भएका भारतीय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । गत मार्च २७ मा सङ्क्रमणको पुष्टि भएका उनी छैटौं दिनमा मात्रै अस्पताल भर्ना भएका हुन् ।

उनी यसअघि घरमै आइसोलेसनमा बसेका थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनी चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना भएका हुन् । भारतले विश्वकप क्रिकेट २०११ जितेको एक दशक पुरा भएको अवसरमा उनले अस्पतालबाटै सह खेलाडीलाई बधाई दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार