मन्त्रिपरिषद बैठक: विज्ञापन बोर्डको अध्यक्षमा हुमागाई, चुरे मधेस–तराई समितिमा पौडेल

मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सो निर्णय गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीका अनुसार बैठकले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ ।

सोहीअनुसार समितिको सदस्यहरुमा बाबुकृष्ण कार्की, शशी शर्मा, भेषराज आचार्य, डा. सुस्मिता ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । चुरे क्षेत्रको प्राकृति सम्पदामाथिको दोहनका कारण तराई मधेशको जमिन मरुभूमिमा परिणत हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणका लागि विकास समिति गठन गरेको थियो । मन्त्रिपरिषद बैठकले मन्त्रालयगत विषयमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरु गरेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार