शक्तिशाली फिचरका साथ नेपालमा पोकोले एफ ३ जीटी सार्वजनिकको तयारी

पोकोले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन पोको एफ जीटीको लन्च घोषणा गरेको छ । पोकोको चर्चित एफ सिरिजको नयाँ मोडल एफ ३ जीटी एउटा शक्तिशाली गेमिङ, उत्कृष्ट क्यामेरा फिचर र स्टाइलिस बडी भएको फोन हो ।

पोकोको यो फ्यागसिप मोडलमा मिडियाटेक चिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगर, टर्बो एमोलेडको १२० हट्र्जको रिफ्रेस रेट र ४८० हट्र्जको टच स्याम्प्लिङ रेट छ । यो फोनले प्रयोगकर्तालाई एकदमै प्रिमियम अनुभव प्रदान गर्नेछ ।

यस फोनले प्रयोगकर्तालाई एकदमै इमर्सिभ र हाई–रेजोलुसन अडियो अनुभव प्रदान गर्नेछ । यसमा डुअल स्टेरियो स्पिकर र डल्बी एटमोस छ । पोको एफ ३ जीटीमा बोल्ड–न्यू स्लिपस्ट्रीम डिजाइन र एन्टी–फिंगरप्रिन्ट म्याट फिनिशलाई समेटिएको छ जसले प्रिमियम ग्लासको अनुभूति दिन्छ ।

अल्टिमेट गेमिङ र पावर बिस्टयसमा भएका ‘म्यागलेभ मेकानिकल ट्रिगर’ ले गेमिङको अनुभवलाई अर्को स्तरमा पुर्याउँछ । यस स्मार्टफोनमा उद्योगकै पहिलो चुम्बकीयकी पप अप हुन्छ जब आवश्यक हुन्छ र यसले सीओडी, पबजी जस्ता अन्य खेलहरु खेल्दा अनुभवलाई उत्कृष्ट बनाउँछ ।

यसमा ५ हजार ६५ एमएएचको शक्तिशाली ब्याट्री र ६७ वाटको फास्ट चार्जर छ जसले फोनलाई १५ मिनेट भित्रैमा ० देखि १५ प्रतिशत ब्याट्री चार्ज गर्छ । आकस्मिक स्प्लासबाट फोनको रक्षा गर्नका लागि यसमा आईपी ५३ रेटिङ छ ।

उत्कृष्ट क्यामेराको अनुभव पोको एफ ३ जीटीले एक प्रभावशाली ट्रिपल क्यामेरा सेटअप छ । जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड–एंगल क्यामेरा र २ मेगापिक्सेलको म्याव्रmो क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

पोको एफ ३ जीटीमा फ्ल्यागसिप मिडियाटेक चिपसेटसँग इन्टिग्रेटेड छ । यो फोनको ८ जीबी २५६ जीबीको भेरियन्ट नेपाली बजारमा ५६ हजार ९ सय ९९ रुपैयाँमै उपलब्ध हुनेछ । अगष्ट ३१, २०२१ बाट यो फोन नेपालका आधिकारिकस्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा उपलब्ध हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार